गुगल र साओमी लगानी छलफलमा

एजेन्सी:   गुगल र साओमीलगायतका लगानीकर्ताहरूले दुई वर्ष पुरानो स्टार्टअप ह्वेयर इज माइ ट्रेन नामक एप उपलब्ध गराउने कम्पनीमा लगानी लगान छलफल गरिरहेका छन् ।

ह्वेयर इज माइ ट्रेनले इन्टरनेट र जीपीएसको प्रयोग गरी लाइभ अपडेट गराउन गर्छ ।

गुगलले ३ करोड देखि ४ करोड अमेरिकी डलरमा कम्पनी किन्न खोजेको छ भने साओमीले लगानी लगाउन खोजेको सम्बद्ध स्रोतले जनाएको छ ।

सिगमोइड ल्याबको स्वामित्वमा ह्वेयर इज माइ ट्रेन रहेको छ  यो एपको करोड भन्दा बढी डाउनलोड गरिएको छ ।

यसमा सेकुइया क्यापिटल र सेफ पार्टनरको लगानी रहेको छ ।

गुगलले यस्तो हल्लाको बारेमा टिप्पणी गरिरहँदैन गुगलको एक प्रवक्ताले बताए ।

साओमीले यसबारे कुनै जवाफ फर्काएको छ्रैन् ।

कम्पनीले भारतीय रेल यात्रुलाई सेवा उपलब्ध गराउने उद्देश्यले यो एप बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?