प्रेमिकाका बारेमा खुलेरै बोले वरुण धावन

मुम्बई – बलिउड अभिनेता वरुण धावन यतिबेला आफ्नी बचपनकी साथी नताशा दलालसँग डेट गरिरहेका छन् । भनिएको छ कि, यी दुवै पछिल्लो दश वर्षदेखि साथ छन् । तर यी दुईले आफ्नो रिलेसनका बारेमा खुलेर बताएका भने थिएनन् । अहिले भने वरुणले आफ्नो सम्बन्धका बारेमा खुलासा गरेका छन् ।

फिल्मफेयरमा उनले दिएको एक अन्तर्वार्तामा भनेका छन् कि, उनले आफ्नो सम्बन्धको बारेमा खुलेर बताएका थिएनन् ।

‘म एक यस्तो मान्छेसँग छु, जो मसँग कलाकार भएकाले नजिकिएकी हैनिन्, हामी एक दोस्रोलाई राम्रोसँग चिन्छौँ, उनीसँग हुन बिल्कुलै घरमा भएजस्तो लाग्छ’, वरुणले भनेका छन्, ‘मेरो पहिलो प्रेम फिल्म हो, त्यसपछि नताशा, मेरो साथी, मेरो परिवार…’

बिहेको कुरा गर्दा वरुण आफू तयार भएको पनि बताए । उनले भने, ‘बिहे त हुन्छ नै, तर कहिले हुन्छ भन्ने अझै तय भएको छैन ।’

यतिबेला उनी फिल्म सुई धागाका कारणले चर्चामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?