यदि तपाईं धेरै अनलाइन बस्ने गर्नुहुन्छ भने युट्युब चलाएर आफ्नो समय गुजार्नुहुन्छ होला । तर, तपाईंलाई थाहा हुँदैन कि, कति समय तपाईंले युटुयुबमा आफ्नो समय बिताउनुभयो ।
अब भने युट्युबले नयाँ फिचर्स ल्याउने भएको छ । उक्त फिचर्सले तपाईंले कति समय भिडियो हेर्नमा समय खर्च गर्नुभयो भन्ने हेर्न मिल्नेछ ।
आफूले कति समय युट्युबको भिडियो हेर्नमा खर्च गरियो भनेर जान्नका लागि अप्सनमा गएर टाइम वाच्ड सेलेक्ट गर्नुपर्नेछ ।
तर, अहिले सबैका लागि भने यो फिचर्स दिइएको छैन । बिस्तारै युट्युबले यो फिचर्स थप्दै जानेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया