सन्दीप बने ‘ओडीआई’मा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं । युवा क्रिकेटर सन्दिप लामिछाने एक दिवसिय खेल ‘ओडिआई’ खेलमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । 

मलेसियामा जारी एशिया कप छनोट अन्तर्गत संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको खेलमा सन्दिपले ४ विकेट लिएका हुन् । यो सँगै उनले ‘ओडीआई’मा सन्दिपको विकेट संख्या ८ पुगेको छ । 

नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा दौरान सन्दिपले ४ विकेट लिएका थिए । दोस्रो खेलमा युएई विरुद्ध उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए ।
सन्दिपले ‘ओडिआई’मा नेपालका लागि एकै खेलमा २ विकेट लिने दोस्रो खेलाडी हुन् । कप्तान पारस खड्काले नेदरल्याण्ड्स विरुद्धको खेलमा ४ विकेट लिएका थिए। यता नेपालका फास्ट बलर सोमपाल कामीले अहिलेसम्म ‘ओडीआई’मा ६ विकेट लिएका छन् ।

उनले नेदरल्याण्ड्सको खेलमा ४ तथा युएईसँगको खेलमा २ विकेट लिएका छन् । 

यो सँगै सन्दीपले विकेट संख्या ५० पुगेको छ । उनी २४ खेलमा ५० विकेट पुर्‍याउने पहिलो नेपाली बलर हुन्। त्यस्तै, सुवास खकुरेलले अर्धशतकिय पारी खेलेका छन् ।

राष्ट्रिय टिमबाट दोस्रो ‘ओडीआई’ खेल खेलेका उनले ९७ बलमा ५० रन जोड्दै आउट भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?