काठमाडौं । यो साता लगानीकर्ताहरु केही उत्साहित देखिएका छन् । गत साताहरुमा नेप्से सूचक एवं कारोबार रकम लगातार ओरालो लाग्दै आएकोमा यो साता नेप्से सुचक एवं कारोबार रकम दुबै नै गत साताहरुको तुलनामा बढेको छ । यसले गर्दा पनि लगानीकर्ताहरु केही उत्साहित देखिएका हुन् ।
यसैसाता बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधिहरुले सेयर बजार सुधारको लागि समेत आग्रह गर्दे प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेको, उक्त भेटमा प्रधानमन्त्री देउवाले आफू सदैव पुँजीबजारको हितको पक्षमा रहेको प्रतिक्रिया दिएका थिए भने अर्थमन्त्री जर्नाधन शर्माले पनि पुँजी बजार सुधार गर्ने किसिमबाट आगामी आर्थिक बर्षको मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीलाई निर्देशन दिएका थिए । यही बिचमा पुँजी बजार सुधारको लागि पुँजी बजार सुधार संर्घष समिती र नेपाल धितोपत्र बोर्डबिच भएको समझदारीले पनि यो साता सेयर बजार बढाउनको सहयोगी भुमिका खेलेको छ ।
सोही आधारमा यो साता नेप्से सुचक सँगै कारोबार रकम पनि बढ्दा लगानीकर्ताहरु केही उत्साहित देखिएका हुन । जसअनुसार यो साता नेप्से दुई हजार २८ दशमलव ७७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८८ दशमलव ६२ अंकमा कायम रहन फल भएको छ । साताभर दुुई सय ३० वटा कम्पनीहरुको दुई लाख १६ हजार दुई सय ८५ पटकको कारोबारमा तीन करोड तीन लाख ४६ हजार तीन सय ७९ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा यो साता कुल सेयर कारोबार रकम १० अर्ब ६४ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले बढी हो ।
गत साता भने नेप्सेमा सात अर्ब ६१ करोड ९० लाख सात सय नौं रुपैंयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त साता दुुई सय ३७ वटा कम्पनीहरुको एक लाख ७५ हजार दुई सय ८० पटकको कारोबारमा दुई करोड ५१ लाख ५१ हजार तीन सय ६९ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो । नियमित कारोबारका लागि यो साता नेप्से छ कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौं दिन नेप्से उकालो लागेको थियो भने दोस्रो, तेस्रो र अन्तिम कारोबार दिन नेप्से ओरालो लागेको थियो ।
सोही अनुसार यो साता पहिलो दिन ९४ दशमलव ९२ अंकले बढेर एक हजार नौं सय ५६ दशमलव ९८ अंकमा चढेको नेप्से दोस्रो दिन २३ दशमलव ८५ अंकले घटेर १९ सय ३३ दशमलव १३ अंकमा झरेको थियो । तेस्रो दिन पनि ११ दशमलव ८२ अंकले घटेर १९ सय २१ दशमलव ३१ अंकमा झरेको नेप्से चौथो दिन भने पुन ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ चढेको थियो । यसैगरी पाँचौं दिन पनि ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ अंकमा चढेको नेप्से छैठौं अर्थात् अन्तिम कारोबार दिन भने आठ दशमलव ८७ अंकले घटेर दुई हजार २८ दशमलव ७७ बिन्दुमा खुम्चिन पुगेको थियो ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १७ दशमलव ९३ अंंकले बढेर तीन सय ८२ दशमलव ८४ अंकमा चढेकोमा दोस्रो दिन भने सात दशमलव दुई अंंकले घटेर तीन सय ७५ दशमलव ८२ अंकमा चढेको थियो । तेस्रो कारोवार दिन भने तीन दशमलव २२ अंंकले घटेर तीन सय ७२ दशमलव ६० अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौथो दिन भने छ दशमलव ५५ अंंकले बढेर तीन सय ७९ दशमलव १५ अंकमा पुगेको थियो । पाँचौं दिन भने १२ दशमलव ६३ अंंकले बढेर तीन सय ९१ दशमलव ७८ अंकमा चढेको सेन्सिटिभ इन्डेक्स छैठौं कारोवार दिन भने तीन दशमलव १७ अंकले घटेर तीन सय ८८ दशमलव ६२ बिन्दुमा खुम्चिन पुगेको थियो ।
बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा यो साता हिमालयन डिष्ट्रिली प्राली, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेकाछन भने नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।
यस्तो रह्यो यो साता दैनिक सेयर कारोवार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया