एशिया कप छनोट : नेपालको खराब प्रर्दशन जारी, दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । 

क्वालालम्पुरस्थित किन्नारा क्रिकेट मैदानमा बिहीवार भएको खेलमा संयुक्त अरब इमिरेट्स ‘युएई’सँग ७८ रनले पराजित भएको हो । २ सय ५५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपाल ४८ दशमलब ५ ओभरमा मात्र १ सय ७६ रनमा समेटिएको थियो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान सुवास खकुरेलले ‘ओडीआई’ मान्यता प्राप्त खेलमा पहिलो पटक अर्धशतकिय पारी खेलेका छन् । उनले ९७ बलमा ५० रन जोडेका थिए । तर, युएईका आश्फाग अहमेदले क्याच आउट गर्दै पेभेलियनमा फर्काए ।

दिपेशसिंह ऐरीले ४० रनको योगदान दिए । उनलाई पनि अहमेदले नै क्याच आउट गरे । कप्तान पारस खड्का मात्र १६ रन जोड्दै पेभेलियनमा फर्किए । उनले २० बलमा १६ रन बनाए ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले मात्र ४ रन जोडे । उनलाई अब्दुल शाकोरले क्याच आउट गरे । ‘ओडीआई’ खेलमा डेब्यु गरेका सागर पुनले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । बुधवारको खेलमा उत्कृष्ट प्रर्दशन गरेका सागरले युएई विरुद्धको खेलमा मात्र ३ रन बनाए ।

ओमनसँगको खेलमा उनले अर्धशतकिय पारी खेलेका थिए । करण केशी शुन्य रनमै आउ भए । बसन्त रेग्मीले १२ रन मात्र जोड्न सफल भयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको ‘युएर्इ’ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रनको योगफल तयार पारेको थियो । युएर्इका लागि चिराग शुरीले ९१ बलमा सर्वाधिक ६५ रन जोडे ।

तस्वीर: एशियन क्रिकेट काउन्सिल

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, बसन्त रेग्मीले र सोमपाल कामीले समान २-२ विकेट लिएका थिए । यस अघि बुधवार भएको पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको थियो । 

अब नेपालले शनिवार तेस्रो खेलमा मलेसियाको सामना गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?