बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशतको छुट

लोकपथ
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्‍बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यो सम्झौता पश्चात् ग्राहकहरुले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्‍को प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ् सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?