९३ करोड ८४ लाखकाे बजेट प्रस्तुत गर्दै कपिलवस्तुलाई साँस्कृतिक नगरपालिका बनाउने निर्णय

लोकपथ
21
Shares

कपिलवस्तु । भगवान गौतमबुद्धले आफ्नो जिवनको २९ वर्ष विताएको ठाँउ प्राचिन तिलौराकोट लगायत कपिलबस्तुमा भगवान गौतमबुद्धसँग परिचित १३३ कोटहरु रहेको छ ।

कपिलबस्तुलाई खुल्ला संग्राहलयको रुपमा चिनिएको छ । साँस्कृतिक भण्डार रहेको कपिलवस्तु जिल्लाको सदरमुकामको कपिलवस्तु नगरपालिकालाई साँस्कृतिक नगरपालिका घोषणा गराउने निर्णय गरिएको छ ।

कपिलवस्तु नगरपालिकाको १२ औं नगरसभाको दोस्रो बैठकले नगरलाई साँस्कृतीक नगरपालिकाको रुपमा घोषणा गराउने कार्य अगाडी बढाउन संघिय मामिला मन्त्रलयमा अनुरोध गर्ने निर्णय गरेको हो ।

सभामा नगरलाई साँस्कृतीक नगरपालिका घोषणा गर्ने प्रस्ताव अगाडी बढाउने विषयमा सर्वसम्मतीले सहमती भएको हो । बैठकले साँस्कृतीक नगर घोषणाको प्रक्रिया अगाडी बढाई दिनका लागी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

नगरसभाको दोस्रो बैठकमा उपप्रमुख सुनिता गुप्ताद्वारा प्रस्तुत गरिएकाे विनीयोजन विधेयक २०७९ सवैसहमतीले पारित गरिएको छ । सो अवसरमा उपप्रमुख गुप्ताले विधेयकमार्फत आर्थिक बर्ष २०७९/८० का लागी ९३ करोड ८४ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?