काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक बर्षमा कुल दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । सरकारले प्रत्येक बर्ष बजेट घोषणा गर्दा बजेटको श्रोत प्राप्तीको रुपमा राजश्वका अतिरिक्त, बैदेशिक ऋण तथा अनुदान एवं आन्तरिक ऋणको हिस्सा समेत उल्लेख गरेको हुन्छ ।
सोहीअनुसार चालु आर्थिक बर्षको बजेटको श्रोत प्राप्तीको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दिर्घकालीन प्रकृतिका ट्रेजरी बिल, दुईदेखि ६ बर्षे अवधिका विभिन्न किसिमका विकास ऋणपत्र, पाँच वर्षे अवधिको नागरिक बचतपत्र र पाँच वर्षे अवधिको बैदेशिक रोजगारी बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाएको हो ।
यसअन्तर्गत चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ अर्ब, तेस्रो त्रैमासमा ९९ अर्ब ४६ करोड ९३ लाख ४० हजार र चौथो त्रैमासमा एक खर्ब २५ अर्ब ८३ करोड ३६ लाख ६० हजार रुपैयाँ समेत गरी कुल दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ आन्तरिक ऋण उठाइएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया