‘कि रोजगारी दे, कि पासपोर्ट दे’ भन्दै युवा संघले घेर्‍यो राहदानी विभाग (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेनिकट युवा संघ नेपालले आइतबार राहदानी विभागमा घेराबन्दी गरेको छ ।

युवा संघले राहदानी वितरणमा ढिलासुस्ती हुँदा सेवाग्राही मर्कामा परेकोले चाँडै पासपोर्ट उपलब्ध गराउन माग गरेर राहदानी विभाग घेराउ गर्दै धर्ना दिएको हो ।

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कि रोजगारी दे ! कि पासपोर्ट दे !, जनतालाई खति भो पासपोर्ट बनाउँदा अति भो, राहदानी मेरो अधिकार, के गर्दैछ सरकार’ लगायतका नाराहरु समेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?