काठमाडौं । सेयर बजार बिस्तारै लयमा फर्कन थालेको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजार गत सातादेखि सकारात्मक देखिन थालेको हो । सोमबार पनि सेयर बजार सकारात्मक देखिएको छ ।
कारोबार खुलेको सवा २ घण्टामा सेयर बजार २.५८ प्रतिशतले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ५३.८५ अंकले बढेर २१४०.२७ बिन्दुमा उक्लिएको छ ।
२ घण्टाको अवधिमा २ अर्ब १९ करोडभन्दा बढीको कारोबार भएको छ । लामो समयदेखि घटीरहेको बजार बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् । उनीहरुलाई थोरै भएपनि राहत मिलेको छ । यस अवधिसम्म साल्ट ट्रेडिङ कर्पोरेसन, कर्पोरेट डेभलपमेन्ट बैंक, सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया