राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ करोड ५४ लाख राखी ब्याज बुझ्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले 'क', 'ख' वा 'ग' वर्गका बैंकमा १ अर्ब ५४ करोड १५ लाख रूपैयाँ मुद्दती निक्षेप राख्न लागेको छ । 

३ सय ६६ (एक बर्ष) का लागि रकम राख्न लागेको जनाउँदै केन्द्रीय बैंकले मापदण्ड पु-याएका बैंकलार्इ अाकर्षक ब्याजदर दिने प्रस्ताव राख्न अाग्रह गरेको छ । 

राष्ट्र बैंकको रकम निक्षेप राख्न चाहने बैंकले ब्याजदरको प्रस्तावसहित अावश्यक विवरण खुलाएर भदाै १९ गते दिउँसो ३ बजेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

कूल रकममध्ये वाणिज्य बैंकमाा १ अर्ब २३ करोड ३३ लाख, राष्ट्रियस्तरका विकास बैंकमा २३ करोड ११ लााख र राष्ट्रियस्तरका वित्त कम्पनीमा ७ करोड ७१ लाख रूपैयाँ मुद्दती निक्षेपमा जम्मा गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । 

बैंकले यही बर्षको असोज १ गतेदेखि अर्को बर्षको भदाै ३१ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?