१ जसपाको तीन नेतालाई सहभागी गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मन्त्रिपरिषद पुनर्गठन, जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त, आजै लिए पद तथा गोपनियताको शपथ ।
२ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दोस्रो दिन पनि जारी, विभिन्न एजेण्डामाथि छलफल, आगामी निर्वाचनमा युवालाई प्राथमिकता दिनेदेखि ४ पटक सांसद भएकाहरुलाई उम्मेदवार नबनाउनेसम्मको कुरा उठ्यो ।
३ मुलुक अस्तव्यस्थ हुदाँ पनि संसद निरिह भएर हेरिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, संसद लहलहैमा चलेको र सभामुखले संसदलाई प्रभावकारी बनाउन नसकेको आरोप ।
४ विश्वविद्यालयहरुमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेलको भनाइ, पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि नगर्न आग्रह ।
५ विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ, आलोपालो मन्त्री बन्ने प्रथा चलेको भन्दै आक्रोश व्यक्त ।
६ नेपाल टेलिकममा आवश्यकताभन्दा बढी कर्मचारीको भार, तलब भत्तामै बार्षिक सात अर्ब खर्च, धरासायी बन्दै टेलिकम ।
७ लेबनान, सिरिया र अमेरिकाको १६ दिने विदेश भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता, अमेरिकाको भ्रमणबाट दुई पक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित हुने भनाइ ।
८ रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण, मल अभावका कारण किसान चिन्तामा रहेकाले जतिसक्दो चाँडो मल व्यवस्थापन गर्न माग ।
९ जाजरकोट कारागारमा क्षमताभन्दा झन्डै ३ गुना बढी कैदीबन्दी, २० कैदीबन्दी अट्ने ठाउँमा ५४ जना राखियो, ठाउँको अभावमा आलोपालो सुत्छन्, क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा चुनौती ।
१० लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा सोमबार सेयर बजारमा सामान्य गिरावट, नेप्से ९ दशमलव ७५ अंकले घट्यो, ४ अर्ब ३४ करोडको सेयर किनबेच ।
११ पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमणमुक्त, १ लाख ४४ हजार ६६६ जनाले लगाए कोरोनाविरुद्धको खोप ।
१२ श्रीलंकामा इन्धनको चरम संकट, सबै सरकारी र निजी विद्यालय एक साताका लागि बन्द, तेल अभावले सार्वजनिक यातायात ठप्प ।
१३ टर्कीमा पछिल्लो २४ वर्षयताकै उच्च महँगी, जुन महिनामा मुद्रास्फीति ७८.६२ प्रतिशत पुग्यो, घरायसी वस्तुमा अचाक्ली मूल्यवृद्धि ।
१४ दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत घरेलु टोली वेस्ट ईण्डिजद्धारा बंगलादेश ३५ रनले पराजित, दुई टोलीबीचको तेश्रो टी–ट्वान्टी खेल आगामी बिहिबार हुने ।
१५ एक वर्षपछि सर्यो अफ्रिकन कप अफ नेसन्स, २०२३ को जुन र जुलाईमा हुने भनिएको प्रतियोगिता अब २०२४ को जनवरी र फेब्रुअरीमा हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया