श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनी जाँदै

काठमाडाैं : श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना गाैतमबुद्दको जन्मस्थल लुम्बिनी जान लागेका छन् । 

चाैथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन अाएका सिरिसेना अाज (शनिबार) दिउसो लुम्बिनी जाने र मायाँदेवी मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

सिरिसेनालार्इ प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा स्वागत गर्ने बतार्इएको छ । बाैद्द धर्मालम्बी सिरिसेनाले लुम्बिनी विकास कोषको गुरूयोजनाबारे पनि जानकारी लिनेछन् । 

नेपालको धार्मिक पर्यटकीय गन्तव्य लुम्बिनी भ्रमण गर्ने विदेशीमा श्रीलंकका नागरिक बढि छन् । श्रीलंकाली राष्ट्रपति सिरिसेना लुम्बिनी गएपछि श्रीलंकाली धार्मिक पर्यटकको अागमन झनै बढ्ने अपेक्षा गरिएको छ । 

लुम्बिनी भ्रमण गरि सिरिसेना दिउँसो साढे ३ बजे काठमाडाैं फर्कनेछन् । अाज बेलुकी सिरिसेनालार्इ नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रीभोज दिनेछिन् । 

उनी भोली (अार्इतबार) श्रीलंका फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?