जसले नेपालका लागि पहिलो पदक भित्र्याए : जीत बहादुर केसी

काठमाडौं । जीत बहादुर केसी, नेपाली खेलकुद क्षेत्रमा परिचित यो नाम प्राय सबैले सुने कै होलान् । 

उनी एक मात्र यस्ता खेलाडी हुन्, जुन अरु खेलाडीले कसैले बनाउन नसकेको रेकर्ड बनाउन सफल भए । नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय भुमिमा पदक जितेका केसी अहिले पनि खेलकुद क्षेत्रमा नै व्यस्त छन् । 

राष्ट्रिय खेलकुद परिषद् परिषरमा बिहान बेलुकीको समयमा उनलाई देख्न सकिन्छ । उमेरले सात दशक काटेका उनले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । सेनामा भर्ति हुँदा राष्ट्रिय खेलाडी बनेका खत्रीले देशको प्रतिष्ठासँग गासिएको अन्तर्राष्ट्रिय स्तरमा कीर्तिमान बनाउला भन्ने कसैले अनुमानसम्म लगाएका थिए । 

उनले अन्तर्राष्ट्रिय भुमिमा दौड्दै पहिलो पटक कास्य पदक जित्दै नेपाली खेलकुदमा स्वर्णिम अक्षरले नाम पनि लेखाउन सफल भए । 

वि.स २००५ साल भदौ ४ गते दोलखाको पवटी-४ मा जन्मिएका उनले २५ वर्षको उमेर चर्चा बटुलेका थिए । विंस २०२८ सालमा वीरगंजमा भएको म्याराथन प्रतियोगितामा खत्रीको खेल जीवनको आधारस्तम्भ बन्यो । त्यतिबेला उनले वीरगञ्जमा भएको खेल लामो दौडको रेश २ घण्टा ३८ मिनेटमा पुरा गर्दै कीर्तिमान बनाएका थिए । 

सन १९७० मा थाइल्याण्डको बैंकक ‘एशियाड’मा जीत बहादुरले सहभागी हुने मौका पायो । उनका साथै गंगा बहादुर थापाले पनि ‘एशियाड’ खेल्ने अवसर पाएका थिए । 

सन १९७० मा थाइल्याण्डको बैंकक ‘एशियाड’मा जीत बहादुरले सहभागी हुने मौका पायो । उनका साथै गंगा बहादुर थापाले पनि ‘एशियाड’ खेल्ने अवसर पाएका थिए । 

पहिलो विदेश यात्रा त्यसमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पर्ने दुवैलाई थियो । अन्तर्राष्ट्रिय अनुभव बिना नै दुवै खेलाडीले ‘एशियाड’मा उत्कृष्ट प्रर्दशन गरेका थिए । केसीले म्याराथन दौड २ घण्टा ३५ मिनेटमा पुरा गरेका थिए । एशियाका सहभागी राष्ट्रका खेलाडीमध्ये उनी सातौँ स्थानमा रहँदै दौड पुरा गरे । 

त्यस्तै, उनले सन १९७२ जर्मनीमा सम्पन्न ‘म्युनिख ओलम्पिक’मा भाग लिए । उनले छनोट चरणमा २ घण्टा २३ मिनेटमा म्याराथन दौड्दा नै घाइते भएर रेश त्यागे । 

२१ किलो मिटर दुरी पार गरिसकेको अवस्थामा उनको खुट्टाको मसल फर्कियो र बीचैमा दौड टुङ्याउनु प-यो ।

सन १९७३ मा फिलिपिन्समा भएको एशियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा केसीले व्यक्तिगत जीवनमा मात्रै नभै नेपालको लागि एउटा उत्साहजनक प्रतियोगिता सावित भयो । त्यहाँ भएको म्याराथन प्रतियोगितामा उनले कास्य पदक जिते । उनले म्याराथन दौड २ घण्टा २७ मिनेटमा पुरा गर्दै तेस्रो स्थान हात पारेका थिए । 

सन १९७३ मा फिलिपिन्समा भएको एशियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा केसीले व्यक्तिगत जीवनमा मात्रै नभै नेपालको लागि एउटा उत्साहजनक प्रतियोगिता सावित भयो । त्यहाँ भएको म्याराथन प्रतियोगितामा उनले कास्य पदक जिते । उनले म्याराथन दौड २ घण्टा २७ मिनेटमा पुरा गर्दै तेस्रो स्थान हात पारेका थिए । 

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो नै पहिलो पदक हो । त्यस्तै, सन १९७५ मा दक्षिण कोरियामा भएको एशियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा पनि उनले कास्य पदक नै जिते ।

त्यतिबेला उनले सो म्याराथन २ घण्टा २४ मिनेटमा पुरा गरे । त्यसलगतै राष्ट्रिय प्रतियोगिता खेलको १३ वटै च्याम्पियनसिपमा स्वर्ण पदक जिते । 

बैंककमा भएको आठौँ एशियाली खेलकुद ‘एशियाड’ खेल पछि उनले खेल जीवनबाट सन्यास लिएका थिए । केसीपछि सहकर्मी गंगा बहादुर थापा र पछि बैकुण्ठ मानन्धरले एथ्लेटिक्समा आए । 

उनले दुई वटा म्याराथन र बाँकी ५ देखि १० हजार मिटरका दौडहरुमा स्वर्ण पदक जितेका थिए । 

बैंककमा भएको आठौँ एशियाली खेलकुद ‘एशियाड’ खेल पछि उनले खेल जीवनबाट सन्यास लिएका थिए । केसीपछि सहकर्मी गंगा बहादुर थापा र पछि बैकुण्ठ मानन्धरले एथ्लेटिक्समा आए । 

मनिला र कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा केसी तेस्रो हुँदा बैकुण्ठ चौथो भएका थिए । वि.स २०३७ मा राष्ट्रिय खेलकुद परिषदमा सहायक प्रशिक्षक भएर प्रवेश गरेका थिए । तर, २०४९ सालमा उनलाई सो पदबाट ‘राखेप’ले वर्खास्त गरेको थियो । 

जीत बहादुरले आफुनो प्रतिभाको कदर नभएको गुनासो पोखेका छन् ।

‘मैले पहिलो पटक अन्तर्राष्ट्रिय पदक ल्याउँदा मलाई गोरखा दक्षिण बाहु तेस्रो दिने निर्णय भएको थियो । तर, पछि गोदवा पाँचौ घोषणा भयो । त्यतिबेला राष्ट्रिय प्रतियोगिताको सिलसिलामा म विराटनगरमा थिए । त्यतिबेला मैले त्यो विभूषण अस्वीकार गरेका थिए ।’ उनले लोकपथलाई भने । 

‘त्यतिबला अधिराजकुमार बसुन्धरा, सुशिलशम्सेर, खड्गजीत बराल आदिले घर दिने, दिनको १० रुपैयाँ भक्ता दिने, मधेसमा जग्गा दिने आश्वासन दिएका थिए । त्यसै अुनसारको लेखापढी पनि भएको थियो तर पछि कसले के गरे पत्तै भएन् ।’ उनले थपे । 

नेपाली खेलकुद क्षेत्रमा अपेक्षाकृत सुधार आए मात्रै जीत बहादुरहरु जस्ता महान खेलाडीलाई थोरै भएपनि राहत हुने थियो । यस्ता महान खेलाडीहरुको उचित सम्मान र कदर हुन जरुरी छ । खेलकुदलाई बुझनेहरुको कमि हुँदा खेल क्षेत्र मात्र होइन समग्र मुलुक नै पछी परेको खेल विश्लेषकहरुले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?