काठमाडौं । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले मलेशिया सामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेशियाको वायामास रंगशाला, क्वालालाम्पुरमा जारी एशिया कप छनोटमा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले मलेशिया सामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
३० ओभरमा छोट्याइएको खेलको शुरुमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन ।
टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शून्यमै आउट भए ।
उनीहरुले मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाए ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले खेललाई सम्हाल्दै छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरे । त्यस्तै ऐरी व्यक्तिगत ५४ रनमा आउट भए ।
५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए भने सोमपाल कामी भने पहिलो बलमै आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया