यसकारण सम्बन्धमा दरार : मनोविश्लेषक आचार्य

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मधुमेह, उक्त रक्तचाप, अन्य संक्रमित रोगहरूभन्दा मानसिक रोग अग्रपंक्तिमा आउने अनुमान गरेको छ । अमेरिकाजस्तो विकसित देशका धेरैजसो मानिस निद्रा लाग्ने औषधि सेवन नगरी निदाउन सक्दैनन् । नेपालमा पनि यस किसिमका मानसिक रोगीहरुको संख्या दिनानुदिन बढिरहेको तथ्यांकले देखाउँछ ।

आफ्ना समस्याबारे खुलेर भन्न हिच्किचाउने, आफ्ना समस्याबारे परिवारमा खुलेर कुरा गर्न डराउने, मानसिक रोगहरू सकेसम्म धामीझाँक्रीको झारफुकबाट ठीक हुने रोग हो भन्ने प्रवृतिका कारण  समस्याहरू झनै जटिल हुँदै गइरहेका छन् ।  खास मानसिक समस्या के कारणले हुन्छ ? पछिल्लो समय बढिरहेको सम्बन्ध विच्छेदका घटनाहरुका कारण के हुन् । किन बलात्कार जस्ता जघन्य अपराध बढिरहेका छन् भन्ने विषयमा केन्द्रित रही लोकपथकर्मी अनिता आचार्यले मनोविश्लेषक वासु आचार्यसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :-

मान्छेहरू किन खुशी छैनन् ?

खुशी हुने तरिका नै बिर्सिसके मान्छेले । विशेषतः शहरी क्षेत्रका बासिन्दाहरूले र ग्रामीण क्षेत्रका पनि उच्च र मध्य वर्गीयहरूले ।

खुशी हुने तरिका होला नि उसोभए?
सबैभन्दा महत्त्वपूर्ण सूत्र भनेको विचार र व्यवहारको तालमेल हो । यो तालमेल राम्रो भयो भने मान्छे खुशी हुन्छ ।

नेपालमा मानसिक रोगीको सङ्ख्या के छ ? अवस्था कस्तो छ ?
कुल जनसङ्ख्याको २० देखि २५ प्रतिशत छन् । जटिल मानसिक समस्या भएका चाहिँ ७–८ प्रतिशत छन् । तर, यो तथ्याङ्क दिनदिनै बढ्दैछ । अहिले हरेक चार जनामध्ये एक जना मानसिक समस्याको शिकार छन् भने सन् २०३० पछि हरेक तीनमा एउटालाई मानसिक समस्या हुनेछ ।

यसको मतलब अहिले मान्छेमा विचार र व्यवहारको तादम्यता नमिलेको हो ?
दुई प्रकारका मान्छे हुन्छन् समाजमा । एउटा जमात, जो कोही साथी नबोली हिँड्यो भने ‘यो त ठूलो भएछ, पैसा कमाएर सन्कियो’ भनेर सोच्छन् । यी दुःखी हुने क्याटगोरीका मान्छे ।
अर्को, जो ‘अरु बेला त बोल्थ्यो, आज के समस्या परेछ यसलाई’ भन्ने सोच्छन् । यी हुन् खुशी हुने क्याटगोरी मान्छे ।

त्यसैले यस्ता दुखी मान्छेहरू यस्तै सोच राखेर, सामान्य कुरालाई पनि जटिल रुप दिन्छन् अनि झनै दुःखी हुँदै जान्छन् । हामीसँग दुईवटा बाटो हुन्छ । दुःखतिर जाने अनि सुखतिर जाने । अहिले दुःखतिर जानेको सङ्ख्या बढेको छ ।

बालबालिकाहरूमा सानो कुरालाई पनि ठूलो बनाएर सोच्ने समस्या देखा परेको छ, आजकल । यस्तो किन हुन्छ ?
बालबालिकासम्बन्धि जति पनि समस्या हुन्छन् ती सबैको एउटै मात्र कारण हुन् ; अभिभावक । बालबालिकाले घरको वातावरण कस्तो देख्छ, आमाबुबालाई कस्तो अवस्थामा पाउँछ भन्ने कुराहरूले उसको मानसिकतामा असर पारिरहेको हुन्छ । त्यसैले बालबालिकाको विषयमा चाहिँ अभिभावकले नै आफ्ना क्रियाकलापले छोराछोरीमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने बुझ्न जरुरी छ । तर अभिभावकमा अरुलाई दोष थुपार्ने परिपाटी बढेको छ । कहिले स्कूललाई, कहिले छोराछोरीलाई । तर, आफू कहाँ चुकिरहेको छु भनेर मूल्याङ्कन गर्ने बानी छैन ।

बालबालिकासम्बन्धि जति पनि समस्या हुन्छन् ती सबैको एउटै मात्र कारण हुन् ; अभिभावक । बालबालिकाले घरको वातावरण कस्तो देख्छ, आमाबुबालाई कस्तो अवस्थामा पाउँछ भन्ने कुराहरूले उसको मानसिकतामा असर पारिरहेको हुन्छ । त्यसैले बालबालिकाको विषयमा चाहिँ अभिभावकले नै आफ्ना क्रियाकलापले छोराछोरीमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने बुझ्न जरुरी छ । तर अभिभावकमा अरुलाई दोष थुपार्ने परिपाटी बढेको छ । कहिले स्कूललाई, कहिले छोराछोरीलाई । तर, आफू कहाँ चुकिरहेको छु भनेर मूल्याङ्कन गर्ने बानी छैन ।

फेसबुकमा स्टाटस राखेर आत्महत्या गर्ने खबरहरू पनि निकै सुनिन्छन् । तपाईंको बुझाइमा यसको कारण के हुनसक्छ ?
उनीहरूको खुशी हराएको हो । यसरी आत्महत्या गर्नेहरूले अगाडिदेखि नै छाँटकाँट देखाइरहेका हुन्छन् । यस्तै दुखदायी स्टाटसहरू राखेर पनिक कतिले चित्त बुझाएका हुन्छन् । हरेक ठाउँबाट उनीहरूलाई दुःख मात्र भएझैँ लाग्छ र त्यसैलाई सामाजिक सञ्जालमार्फत् प्रस्तुत गर्छन् उनीहरू । सहानुभुतिका लागि । उनीहरूलाई यी सबै समस्यादेखि पार पाउने सबैभन्दा सजिलो उपाय भनेकै आत्महत्या हो जस्तो लाग्छ । र, मर्छन् ।

आत्महत्या रोक्न सकिन्छ त?
सकिन्छ । सबैभन्दा छिटो र सजिलै सकिन्छ । यसका लागि आत्महत्या गर्न चाहिरहेको मान्छेले आफूलाई के कुराले दुःखी बनाएको हो भन्ने बुझ्न जरुरी छ । समस्याको पहिचान गर्न जरुरी छ । र, त्यो समस्याको पहिचान गरेपछि त्यसबाट टाढै बस्ने । जुन विषयले आफूलाई पिरोलिरहेको हो त्यसलाई सोच्दै नसोच्ने । अर्को कुरा, आफ्नो उपस्थितिले कतिजना खुशी छन्, कति जनाको लागि बाँच्नैपर्छ मैले भन्ने कुरामा जोड दिने । 

विशेषतः वैदेशिक रोजगारीमा गएकाहरूको सम्बन्ध विच्छेदका घटनाहरू सुनिन्छन् । किन होला ?
वैदेशिक रोजगारीमा गएकाहरूले यो बुझ्न जरुरी छ कि, मेरो श्रीमान् वा श्रीमतीलाई पनि मायाको खाँचो हुन्छ, कसैले मीठो बोलिदिओस् भन्ने चाहना हुन्छ, शारीरिक चाहनाहरू हुन्छन् । पैसा पठाएर मात्रै सबै आवश्यकताहरू पूरा गर्न सकिन्छ भन्ने होइन ।

वैदेशिक रोजगारीमा गएकाहरूले यो बुझ्न जरुरी छ कि, मेरो श्रीमान् वा श्रीमतीलाई पनि मायाको खाँचो हुन्छ, कसैले मीठो बोलिदिओस् भन्ने चाहना हुन्छ, शारीरिक चाहनाहरू हुन्छन् । पैसा पठाएर मात्रै सबै आवश्यकताहरू पूरा गर्न सकिन्छ भन्ने होइन ।

विना कारण शंका उपशंका गर्नाले पनि ‘मैले केही गलत नगर्दा त शंका गर्छ भने साँच्चै गलत काम गर्दिन्छु’ भन्ने खालको मानसिकताको विकास हुन्छ । अनि त्यही सोचलाई ‘वास्तविक जीवन’ मा लागू गर्न थाल्छन् ।

मेरो जीवनसाथीको शारीरिक आवश्यकता पनि हुन्छ भन्ने कुरा बुझेर त्यही अनुसार भरपूर माया दिएर सम्बन्ध बचाउन सकिन्छ ।

वैदेशिक रोजगारका लागि गएकाहरूले वा जसको पार्टनर गएका छन् उनीहरूले यौनलाई भन्दा पनि मायालाई प्राथमिकता दिन जरुरी छ ।

आफ्नो श्रीमानभन्दा अरुको श्रीमान मन पर्ने र आफ्नी श्रीमतीभन्दा अरुकी श्रीमती मनपर्ने खालको प्रवृति बग्रेल्ती देखिन्छन् । किन होला ?
हो । यो सत्य हो । यस्ता घटनाहरू देखिन्छन्, सुनिन्छन् । तर, यसरी आफ्नो पार्टनरलाई नराम्रो देख्ने मान्छेको आफ्नै नजरिया नै गलत हो । आफूसँग भएको चीजभन्दा अरुकै चीज राम्रो लाग्ने स्वभाविक मानव चरित्र हो । 

तर, यसलाई न्यूनीकरण गर्नलाई चित्त बुझाउने बानी बसाउनुपर्छ । आफूसँग जे छ त्यसमा सन्तुष्ट हुने बानी बसाल्नुपर्छ । धेरै कुराको आशा नै नराख्ने । किनकि जति धेरै आशा राख्यो, त्यति धेरै असन्तुष्टि पनि हुन्छ ।

कलिला बालिकाहरूलाई हजुरबुबाको उमेरका वृद्धहरूले बलात्कार गरेको घटनाहरू व्याप्त छन् अहिले । बलात्कार गर्नेको मानसिकता कस्तो हुन्छ होला ?
यौन आवेगमा अचाक्ली भइसकेपछि मान्छेले आफूले गर्न लागेको बलात्कार हो, यो गलत हो, अपराध हो भन्ने नै सोच्दैन । म सामान्य तरिकाले सेक्स गर्दैछु, आफ्नो इच्छा पूरा गर्दैछु भन्नेतिर मात्र उसको ध्यान केन्द्रित हुन्छ । जब उसले बलात्कार गरिसक्छ र बालिका पीडामा छटपटाउन थाल्छे, रुन थाल्छे, कराउन थाल्छे तब मात्र उसलाई आफ्नो कर्तुतप्रति हीनताबोध हुन्छ । त्यसपछि कि त उसले त्यो बालिकालाई मार्न खोज्छ, कि त प्रलोभनमा पारेर कुरा लुकाउन अनुरोध गर्छ ।

यौन आवेगमा अचाक्ली भइसकेपछि मान्छेले आफूले गर्न लागेको बलात्कार हो, यो गलत हो, अपराध हो भन्ने नै सोच्दैन । म सामान्य तरिकाले सेक्स गर्दैछु, आफ्नो इच्छा पूरा गर्दैछु भन्नेतिर मात्र उसको ध्यान केन्द्रित हुन्छ । 

अर्को कारण भनेको मान्छेको उन्माद चरित्र पनि हो । म जस्तो कोही छैन । मैले जे गरे पनि सही हो र गलत गरे पनि मिलाउन सक्छु भन्ने खालको भाव मनमा विकास भएपछि उसले यौन कुण्ठालाई बलात्कारमार्फत निकास दिन्छ ।

मनोपरामर्श दिँदै आउनुभएको छ । यो अनुभवमा अहिलेसम्म बिर्सिनै नसकिने कुनै घटना याद छन् ?
प्रायः सबै अविस्मरणीय नै छन् । तीमध्ये एकदमै अचम्मको, कमै सुनिएको एउटा घटना छ । एकजना बाबुलाई एकदमै धेरै तनाव हुने ‘के सोचौं’ भनेर । उसको दिमागले के सोच्ने भन्ने कुरा सोच्दा–सोच्दा उसलाई मानसिक समस्या भइसकेको थियो । यता हेर्दा के सोच्ने, उता हेर्दा के सोच्ने, कलेज जाँदा के सोच्ने, केही नगरी बस्दा के सोच्ने, आँखा खोल्दा के सोचौं, बन्द गर्दा के सोचौं भन्ने तनावले हैरान, दिक्क भइसकेको थियो ऊ । घरमा रुवावासी, तनाव उस्तै । 

अर्को एकजनालाई चोर्न मन लाग्ने । कुनै दिन चोर्न पाएन भने उसलाई रातभरि निन्द्रा नलाग्ने । त्यसैले भोलिपल्ट कसको घरमा चोर्न जाने भनेर राति नै योजना बनाउन थाल्ने । उसको व्यक्तित्व फेरि यति शालीन, भलाद्दमी किसिमको ।

त्यस्तै अर्को एउटा दर्दनाक किसिमको घटना पनि छ । यसको बारेमा भन्दा कतिले नराम्रो पनि सोच्न सक्नुहुन्छ । अपच हुन सक्छ कसैलाई यो कुरा । तर, यो सत्य हो । 

एकजना नानीलाई उसकी आमाले महिनावारी हुँदा बुबासँग सुत्न पठाउँथिन् । ६-७ कक्षामा पढ्दै गर्दा यसरी नै बुबासँग सुतिरहेका बेला बुबाको हात उनको स्तनमा पुग्यो । एकदिन, दुई दिन गर्दै यस्तै हर्कत बढ्दै गयो । नानी छक्क परिन् । केही गलत भइरहेको छ जस्तो लाग्दै थियो उनलाई तर के गरुन् उनले ? यस्तै अर्को महिना पनि आमा महिनावारी भएपछि नानीले फेरि बुबासँग सुत्नुपर्ने भयो । बुबाको हर्कत रोकिएन बरु बढ्दै गयो । उनका बाबुले बिस्तारै गोप्य अंगमा हात लैजान खोजे । तर्किन खोज्दा ‘चुप लागेर सुत् के भयो’ भनेर उल्टै गाली गर्न थाले । यही क्रममा बाबूले छोरीसँग सम्बन्ध पनि राखे । नानीले अब ठूलो भइसकेँ, बुबासँग सुत्दिन भनेर आमालाई भनिन् । आमालाई कारण थाहा थिएन । 

एकजना नानीलाई उसकी आमाले आफू महिनावारी हुँदा बुबासँग सुत्न पठाउँथिन् । ६-७ कक्षामा पढ्दै गर्दा यसरी नै बुबासँग सुतिरहेका बेला बुबाको हात उनको स्तनमा पुग्यो । एकदिन, दुई दिन गर्दै यस्तै हर्कत बढ्दै गयो । नानी छक्क परिन् । केही गलत भइरहेको छ जस्तो लाग्दै थियो उनलाई तर के गरुन् उनले ? 

आमालाई हरेक महिना महिनावारी नहोस् भनेर प्रार्थना गर्नु बाहेक केही उपाय रहेन ऊसँग ।

अहिले ती नानीको विवाह भइसक्यो तर, यो कुराले अझै पनि उनलाई तनाव दिन्छ । आफ्नो वैवाहिक जीवनमा समेत खुशी हुन सकेकी छैनन् उनी ।

यसरी बुबाबाटै बलात्कार हुने धेरै छन् संसारमा । कतिले भन्छन्, कतिले लुकाएरै, मनमा दबाएरै राख्छन् ।

अर्को घटना पनि यस्तै बडो अचम्मको छ । दोषी चश्मासँग मिल्दोजुल्दो । अमेरिकामा भएको घटना हो यो । एकजना बाबु साथीसँग बसेर खाना खाँदै थिए । खाइसकेर हात धुँदै गर्दा ‘ख्वाक’ गर्दै खकारे । केही समयपछि उनलाई तनाव भयो । साथीले के सोच्यो भनेर । अब उसको प्रतिक्रिया के हुन्छ, मेरो बारेमा कस्तो विचार उत्पन्न भयो उसको मनमा भनेर ती बाबु कति दिनसम्म सुत्न सकेनन् । उनी यति तनावमा फसे कि, केही दिनमै उनी आत्महत्या गर्ने स्थितिसम्म पुगे । तर, कहीँबाट मेरो बारेमा थाहा पाएर आएपछि मैले राम्रोसँग काउन्सिलिङ गरिदिएँ । उनी ठीक छन् अहिले ।

चाहँदा चाहँदै पनि किन मान्छेको मन वशमा  हुँदैन? 
 

जो मान्छे वर्तमानमा बाँच्न सक्दैन, ऊ कहिल्यै सन्तुष्ट, खुशी हुन सक्दैन । शरीर एक ठाउँमा हुन्छ, मन अन्तै । 

अन्त्यमा?
मानसिक समस्याहरू समाधान हुन्छन् । र, हरेक मानसिक समस्या पागलपन होइन । 

औषधि, मानसिक सहायता, पारिवारिक प्रेम, वातावरण र रोगीको बुद्धि, यी ५ चीजहरूको तालमेल मिल्यो भने मानसिक रोग निवारण गर्न सकिन्छ भनेर सबैले बुझ्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?