रामेछाप बस दुर्घटना अपडेट : मृतक संख्या १३ पुग्यो (तस्बिरसहित)

लोकपथ
56
Shares

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

बसमा सवार ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलिखेलमा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले लोकपथलाई जानकारी दिए ।

हालसम्म मृत्यु हुनेहरुको पहिचान समेत खुलिसकेको उनले बताए ।

उनका अनुसार घटनास्थलमा मृत्यु हुनेहरुमा सुनापति–४ की २६ वर्षीया समरिता तामाङ, सुनापति–५ घर भएका ६० वर्षीय ठूला तामाङ, २२ वर्षीय विपना तामाङ, ३६ वर्षीय सञ्जु आले मगर, ३६ वर्षीय खडक बहादुर बिक, काभ्रेको रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका–८ का १८ वर्षीय सुदीप गजमेर, मण्डन देउपुर गाउँपालिका–९ की ६० वर्षीय सुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

त्यसैगरी दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भने अन्य ३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

रामेछापबाट काठमाडौंका लागि हिँडेको बस मंगलबार लुभुघाटमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?