विराटनगर । प्रदेश १ को प्रदेश सभामा मनोनित समानुपातिक सांसद हिमा बस्नेत भट्टराईले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।
अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।
उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । उनलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी मार्फत सपथग्रहण गराएका हुन् । प्रदेश सभाको कार्यकाल सकिन करिब चार महिना बाकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया