काठमाडौं । नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएपछि मलेसिया पराजित बन्न पुग्यो ।
मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वा्धिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए ।
यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
लालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपाललाई यसबाट केहि राहत मिलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया