लोकपथ टप फिप्टिन हेडलाइन्स : अर्थमन्त्रीकाे राजीनामा माग, आलुको बोराभित्र भेटियाे ८३ लाख

लोकपथ
56
Shares

१ रामेछापबाट काठमाडौं आउँदै गरेको बस लुभुघाटमा दुर्घटना, दुर्घटनामा परी १३ जनाको मृत्यु, २१ जना घाइते, ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीको भनाइ ।

२ बजेट निमार्णमा विचौलिया प्रयोग गरेर आलोचित भएका अर्थमन्त्री जनार्दन शर्माबारे गठबन्धनका शिर्ष नेताबीच छलफल, शर्माले गोपनियता भंग गरेको र प्रलोभनमा परेको भन्दै राजिनामा नदिए बर्खास्त गर्न गठबन्धनकै नेताहरुको माग ।

३ गठबन्धन सरकारमा कुर्सीको समस्या हुनु सामान्य भएको प्रधानमन्त्रीको भनाई, एउटै पार्टीका नेता सरकारमा हुँदा पनि समस्या हुने भएकाले गम्भिर रुपमा नलिन आग्रह ।

४ नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटि बैठक आजका लागि स्थगित, पूर्व स्थायी कमिटि सदस्यहरुसँग पार्टी अध्यक्ष प्रचण्डले गरे छलफल, सहमतिबाटै पदाधिकारीसहित सबै कमिटी टुंगो लगाउने ।

५ नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थाल्यो, पछिल्लो २४ घण्टामा थप ९० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४०१ पुग्यो ।

६ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंहलाई मन्त्रीमा नियुक्त गरेसँगै सर्वोच्चमा रिट, सिंहलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै नियुक्ति खारेजीको माग ।

७ प्रदेश प्रहरीको अधिकार कटौती नगरिएको गृहमन्त्री बालकृष्ण खाणको भनाइ, बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको प्रतिक्रिया ।

८ आलुको बोराभित्र भारतबाट नेपाल ल्याउँदै गरेको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद, स्रोत नखुलेको सो रकमसहित जनकपुरबाट २ जना पक्राउ ।

९ सखुवासभामा ६ जनाको सामुहिक हत्या प्रकरणमा संलग्न चार जनालाई जन्मकैदको फैसला, चार जना अभियुक्तले मृतकको परिवारको राहत कोषमा २–२ लाख रुपैयाँ क्षतिपूर्ति जम्मा गनुपर्ने अदालतको भनाइ ।

१० सिरहामा सामुहिक बलात्कारको सिकार बनेकी १५ वर्षीया किशोरीको झुण्डिएको अवस्थामा मृत फेला, सोमबार घरमा कोही नभएको अवस्था दुई युवकले बलात्कार गरेको खुलासा ।
(किशोरी मृत फेला)

११ फेरि ओरालो लाग्न थाल्यो सेयर बजार, नेप्से परिसूचक ४६ अंकले घट्दा २ अर्ब ९६ करोडको कारोबार, १७५ कम्पनीको सेयरमूल्य घट्यो ।

१२ भारतमा ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला, भारतको १० वटा राज्यमा बीए.२–७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि ।

१३ अष्ट्रेलियाको सिड्नी शहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह, वर्षाका कारण सडक अवरुद्ध, हजारौँ मानिस विद्युतविहीन ।

१४ आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र क्यानडा एकदिवसीय क्रिकेट खेल्दै, खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुने, नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल बुधबार हुने ।

१५  भारतीय यु–१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि महिला टिमका सदस्यद्धारा यौन उत्पीडनको आरोप, यौन उत्पीडन गरेको पुष्टि भएसँगै उनलाई पदबाट हटाइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?