काठमाडौं : विदेशी मुद्रासँग नेपाली रूपैयाँको अवमूल्यन निरन्तर बढेको छ । अायातमा निर्भर मुलुकको मुद्रा अवमूल्यनले महंगी बढाउने जोखिम बढेको छ भने भुक्तानी असन्तुलन ब्यहोर्नुपर्ने जोखिम देखिएको छ ।
तर, देशको कमार्इले पेट भर्न नसकेपछि पराया देशमा श्रम गर्न गएका प्रवासी नेपालीलार्इ भने नेपाली मुद्राको गिर्दो अवमूल्यनले फार्इदा पुग्ने देखिएको छ । विनिमयदर स्थिर भएका बेला नेपाल पैसा पठाउँदाभन्दा अहिले नेपाली मुद्रा अवमूल्यन भएको बेला रकम पठाउँदा परिवारजनले पहिलेभन्दा धेरै नेपाली रूपैयाँ प्राप्त गर्न सक्छन् ।
नेपाल राष्ट्र बैंकले अार्इतबारका लागि तोकेको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १ सय १३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १ सय १३ रूपैयाँ ८९ पैसा पुगेको छ ।
युरो १ को खरिददर १ सय ३१ रूपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ३२ रूपैयाँ ६७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४७ रूपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४७ रूपैयाँ ९७ पैसा तोकिएको छ ।केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया