काठमाडौं । विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यामरुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए ।
जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औँ पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए । विम्बल्डनमा उनको यो लगातार २६औँ जित हो । उनी २१औँ ग्रान्ड स्लामको खोजीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया