एजेन्सी : भारतको बौधगया बिहारमा नाबालिकहरूलाई नाङ्गो गरी पिट्ने गरिएको र यौन दुराचार गर्ने गरिएको पाइएको छ ।
केही दिन अघि यहाँ आसामबाट बालकहरू पढन आएका थिए । १५ वर्ष मुनिका नाबालिकहरू यस्तो पीडा भोग्न बाध्य भएका हुन् ।
५१ वर्षीय एक व्यक्तिका दुई बालक यहाँ पढने गरेका छन् । उनीहरूलाई कोठामा बोलाएर बौद्ध भिक्षुले हस्तमैथुन गर्न लगाएका थिए ।
एकलाई कोलकाता लगेर यौन शोषण गरेको उनले जनाए ।
पैसा तिरेर स्कूलमा पढाउन नसक्ने यस्ता अभिभावकहरूले यहाँ पढन पठाउने गरेको पाइन्छ ।
अर्को एक महिलाले ९ र ११ वर्षका दुई छोरालाई यो ध्यान केन्द्रमा पढन पठाएकी थिइन् । उनीहरूको शरीर भर चोटको निशान छ ।
उनले भनिन् “२९ तारिखका दिन जब बौद्ध गया पुगियो । छोराहरू मलाई हेर्ने बित्तिकै रुन थाले । आफूलाई नाङ्गो पारी पिट्ने गरेको र गुप्तांगसँग बौद्ध भिक्षु छेडछाड गर्ने गरेको उनीहरूले बताए ।”
साधनानन्द नामका बौद्ध भिक्षुसँग उनीहरूको पुरानो पहिचान थियो । उनकै सल्लाहमा बालकहरूलाई पढ्न उनीहरूले पठाएका थिए ।
तर तिनै साधनानन्दले २४ अगस्टका दिने अभिभावकहरूलाई फोन गरी यसबारे जानकारी दिएका थिए ।
मुम्बईमा बसिरहेका साधनान्दले भने “ म २२ अगस्टका दिने मेडिटेशन सेन्टर जाँदा त्यहाँका बालकहरूको शरीरमा धेरै चोटको निशान हेरे ।
मैले यसबारे अभिभावकहरूलाई जानकारी दिए । मेरो सम्बन्ध मेडिटेशन स्कूल चलाउने ट्रस्टसाग कुनै सम्बन्ध छैन् । मेरो पहिचान उनीहरूसँग बौद्ध गयामै भएको थियो ।”
दुई वर्ष अघि यो ध्यानकेन्द्रमा ३२ बालक थिए । हाल १७ बालक छन् । उनीहरूमा १४ त्रिपुरा, २ अरूणाचल र १ आसामका बालकहरू छन् ।
बालकहरूको शोषणका बारेमा आपत्ति गर्दा मेडिटेशन सेन्टरका प्रमुखले बालकहरूलाई नग्न अवस्थामा सेन्टर बाहिर निकाले ।
स्थानीयहरूका अनुसार यस्तो कारबाही भइरहेका बेला स्थानीय मिडियाकर्मीलाई थाहा हुन गयो र यो मामिला सार्वजनक हुन पुगेको हो ।
प्रहरीले अभियुक्त सुजाय उर्फ संघप्रियलाई पक्राउ गरेको छ ।
उनका विरूद्ध विभिन्न धारा अन्तर्गत ऊजुरी तय गरिएको छ ।यौन शोषणका अभियुक्तसँग सम्बन्धित वस्तुहरूलाई फरेन्सिक ल्याब जाँचका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया