बेलायती प्रधानमन्त्रीद्वारा दोस्रो ब्रेग्जिट जनमतसंग्रहको प्रस्ताव अस्वीकार

एजेन्सी : बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली युनियनबाट बेलायत हट्ने ब्रग्जिट योजनाका बारेमा युरोपेली युनियनसँग बाध्यकारी सम्झौता नगर्ने बताएकी छिन् ।

देश हितको विरूद्धमा कुनै सम्झौता नगर्ने जनाउँदै बेलायती प्रधानमन्त्री मेले द सन्डे टेलिग्राफमा एक लेख लेखेकी छिन् ।

साथै दोस्रो ब्रेग्जिटको जनमतसंग्रह माग गर्नेको चाहना पूरा नहुने उनले प्रस्ट पारेकी छिन् ।

उनले लेखिएकी छिन् “दोस्रो ब्रेग्जिट लोकतन्त्र र विश्वासप्रतिको विश्वासघात हुन्छ ।”

केही सांसदसमेतले ब्रेग्जिट सम्झौताका बारेमा पुनः जनमत संग्रह गराउन माग गरिरहेका छन् ।

बेलायतले मार्च २९मा युरोपेली युनियनबाट अलग हुने तयारी गरिरहेको छ ।

ब्रेग्जिट सम्झौता अनुसार बेलायत युरोपबाट अलग भएपछि दुबैका लागि वास्तविक चुनौतीहरू आउनेछन् ।

यसलाई स्वीकार गर्दै उनले भनेकी छिन् “ बेलायत र युरोपेली युनियनका केही क्षेत्रमा दुबैका लागि वास्तविक चुनौती हुनेछन् ।

तर हामीले चुनौती पार गरेर अघि बढनुपर्ने छ ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?