काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बस्ने भएका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बस्न लागेका हुन् ।
बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका छन् । सचिब मरासिनीले जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई भेटेर जानकारी गराएको बताइएको छ ।
अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेदेखि सुरु भएको छ । सोही बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया