डिसहोमको १ वर्षमा २४ महिना योजना : २ भाग्यशाली ग्राहकले पाए जनही १ लाख

लोकपथ
63
Shares

काठमाडौं । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई एक/एक लाख रुपैयाँ वितरण गरेको छ । पुरस्कार राशी डिसहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रा.लि.का मंगल गुरुङ् तथा डिसहोमका क्षेत्रिय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थीतिमा वितरण गरिएको थियो ।

काठमाडौं बालुवाटार निवासी डा. वेद प्रकाश उप्रेति र बत्तिसपुतली निवासी बिन्दा रेग्मीले यो योजना अन्तर्गत हरेक हप्ता गरिने लक्कीड्रमा रु एक/एक लाख जित्न सफल भएका थिए ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिसहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिसहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिस]होम डिलरदाईकोमा गएर डिसहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

यस लक्कि ड्र हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोमको रियालिटी टिभी, रमाईलो एच.डी, सरोकार टिभी, नेपा च्यानल, तथा डिसहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?