प्रदेश २ मा आज सार्वजनिक बिदा

काठमाडौं । प्रदेश २ को प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आज (आइतबार) मनाइने श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक दिने निर्णय गरेको हो । 

प्रदेश सरकारले प्रदेश २ मा रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था एवं अदालत तथा न्यायिक निकायहरुमा सार्वजनिक बिदा दिने घोषणा गरेको जारी विज्ञप्तिमा उल्लखे छ । 

प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री विजय यादवका अनुसार अघिल्लो वर्षहरुमा देशैभर दिइने विभिन्न चाडपर्वहरुको बिदा कटौतीमा परेपछि प्रदेश सरकार आफैँले निर्णय गरेर बिदा दिन थालेको बताए ।

प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक बिदालाई अवज्ञा गर्ने विरुद्ध आन्तरिक मामिला मन्त्री यादव अदालत जाने तयारी समेत गरेका छन् ।

यो भन्दा अगाडी पनि प्रदेश सरकारले बकर इद र रक्षा बन्धनमा बिदा दिएको थियो । तर, सरकारी कार्यालयहरुले यसको अवज्ञा गर्दै कार्यालय सञ्चालन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?