बुटवल । लुम्बिनीस्थित मायादेवी मन्दिरका दानपेटिकामा २२ लाख ९७ हजार रुपैया संकलन भएको छ । दानपात्रको रकम गणना गर्ने क्रममा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईको नेतृत्वमा राजश्व कर्मचारी, सुरक्षाकर्मी, नगरपालिकाका प्रतिनिधिसहित कर्मचारीहरू सहभागी भइ आइतबारदेखि पेटिकाको रकम गन्न सुरु गरिएको थियो ।
गणना कार्यका लागि सुरक्षाकर्मी र कर्मचारीहरु सहित दैनिक ३० जनाका दरले ३ दिनमा ९० जना जनशक्ति खटिएको कोषले जनाएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा कोभिड महामारीपछि विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको बताइएको छ ।
भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया