गाउँमा पहलो पटक बिजुली पुगेपछि…

लोकपथ
28
Shares

अर्घाखाँची । शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलो पटक बिजुली पुगेको छ । साबिकको सिद्धारा गाविसको पाँकुरी, देउराली, ठाडाखोला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेको हो । गाउँ पुगेको बिजुली बत्तीको स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले उद्घाटन गरे ।

विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेको बिजुली विस्तारअन्तर्गत शितगंगाको बिकट गाउँमा बिजुली पुगेको हो । गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलो चरणमा यहाँका एक सय ६० घरमा बिजुली पुगेको हो ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनोट गर्न सके विकास निर्माणाले गति लिने बताए ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालपकाको बिकट भनेर चिनिने सिद्धाराको बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट  व्यवस्थापन भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?