काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका विभिन्न ६ वटा धार्मिक तथा पर्यतकीय स्थलमा फ्रि वाईफाई सेवा शुरु गरेको छ ।
आइतबार काठमाडौं उपत्यकाको हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा शुरु गरेको हो ।
वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा सञ्चालनमा ल्याइएको बताए । उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धि अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने घोषणा पनि गरेका छन् । उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिने नीति लिइएको पनि स्मरण गराए ।
गत चैत्र १८ गते काठमाडौं महानगरपालिका र वर्ल्ड लिंकबीच सम्झदारी भएको थियो ।
यसरी चलाउन सकिन्छ फ्रि वाईफाई
सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि फ्रि वाइफाइ कनेक्ट गर्नुपर्छ । कनेक्ट भएपछि एउटा पेज खुल्छ । पेजमा प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नु पर्छ ।
यसरी विवरण भरिसकेपछि सिस्टमले मोबाइलमा एउटा कोड पठाउँछ । त्यो कोड भरिसकेपछि वाईफाइ चलाउन सकिन्छ । सेवामा सबैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ ।
त्यस्तै अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ । एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोस्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया