१. बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुलाई सामेल गराइ करका दर हेरफेर गराएको आरोपपछि अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा, ११ सदस्यीय छानबिन समिति गठन, १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने ।
२. आगामी मंसिरमा आम निर्वाचन गर्नेबारे निर्वाचन आयोगले गर्यो सरकारसँग परामर्श, मंसिर २ गते एकैचरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सिफारिस, निर्वाचनका लागि आयोगले सरकारसँग माग्यो १० अर्ब ।
३. काठमाडौंपछि भक्तपुर र हेटौंडामा पनि देखियो हैजा, देशभर संक्रमितको संख्या २१ पुग्यो,झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह ।
४. पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, पोखरा पर्यटकको लागि एक मात्र गन्तव्य भएको भन्दै पोखरालाई व्यवस्थित र आकर्षण बनाउन आवश्यक रहेको उल्लेख ।
५. नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको जोखिम बढ्दै, पछिल्लो २४ घण्टामा मात्रै थप ११३ जना संक्रमित थपिए, २० जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ४७१ पुग्यो ।
६. नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले बढाए हवाई भाडा,काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीको भाडा १७ हजार २५ रुपैयाँ पुग्यो ।
७. माओवादी केन्द्रका तर्फबाट तत्काल कोहिपनि अर्थमन्त्री नबन्ने वर्षमान पुनको भनाइ, छानबिनपछि निर्दोष सावित भइ पुनः जनार्दन शर्मा नै अर्थमन्त्री नियुक्त हुने पुनको दाबी ।
८.दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी, अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो ।
९. नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दिए विवादास्पद अभिव्यक्ति, दलाल पुँजीवादको विरोध गर्दा विद्यार्थीहरूसँग धरौटी मागेको भन्दै न्यायाधीशलाई कुट्ने धम्की ।
१०. कर्नाटक उच्च अदालतमा भारत सरकारविरुद्ध सामाजिक संजाल ट्वीटरले गर्यो मुद्दा दायर, प्रयोगकर्ताको विभिन्न सामग्री हटाउन जबरजस्ती निर्देशन दिएको कम्पनीको आरोप ।
११. केहिदिनदेखि निरन्तर आरोलो लागेको सेयर बजारमा बुधबार हरियाली, नेप्से परिसूचक १३ दशमलव ३३ प्रतिशतले वृद्धि, २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार ।
१२. पाकिस्तानमा भीषण बाढी पहिरोका कारण २५ जनाको मृत्यु, बाढीले विजुली, पानीको धारा र यातायातका संरचनाहरुमा क्षति, २०० घरभन्दा बढी घर भत्कियो ।
१३. ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको सियान सहरमा पुनः लकडाउन, १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने ।
१४. वर्षा कारण नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज राति ।
१५. नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले लंकन प्रिमियर लिग खेल्ने, लामिछाने ४० हजार अमेरिकी डलरमा दमुल्ला जायन्ट्स टिममा अनुबन्धित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया