काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उनीहरुले हामीसँग छलफल गरेका थिए । तर, त्यसो गरेन । हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलको लागि पनि आह्वान गरेका थियौं । तर, उनले छलफलमा आए ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजबाट आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रह समेत गरे । उनले भने, ‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ । हामी उनीहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं ।’
चिकित्सकहरुले अघि सारेका मागबमोजिम कानुनमा त्रुटि भए त्यसलाई सच्याउनपनि वर्तमान सरकार तयार रहेको मन्त्री यादवको भनाई छ ।
उनले भने,‘उहाँहरुले अहिले आन्दोलन नै गर्नुपर्ने अवस्था थिएन । मन्त्रालयले अहिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न विद्येयक बनाएको छ । यदि उहाँहरुले यो विद्येयक हेरेको भए आन्दोलनमा जानु हुनेथिएन् । विद्येयकमा प्रस्टसँग कसुर र सजायको बारेमा लेखिएको । विद्येयकको ४७ नम्बरमा कसुरको बारेमा लेखिएको छ भने ४८ मा सजाय के हुने भन्नेबारे स्पष्ट लेखिएको छ ।’ उक्त विद्येयक संसद पेश गरिसकेको पनि उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया