आज पनि एमालेले कर्णाली प्रदेश बैठक चल्न नदिने

लोकपथ
28
Shares

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।

आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्बोधन नगरेको जनाउँदै एमालेले बैठक अवरुद्ध गर्दै आएको अवस्था पुनः बैठक आब्हान गरिएको हो ।

गत माघमा भएको ७ बुँदे सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यविधि नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ ।

तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्बाेधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अवरुद्ध हुने एमालेले चेतावनी दिएको छ ।

पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन्। त्यसका लागि अपरान्ह सर्बदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?