काठमाडौं । बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।
बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो ।
इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसंगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ ।
जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा बिभाजन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया