घरेलु हतियारसहित घोडाघोडीबाट तीन जना पक्राउ

लोकपथ
203
Shares

टीकापुर । कैलालीको घोडाघोडी नगरपालिकाबाट हातहतियारसहित तीनजना पक्राउ परेका छन् ।

नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गरेका उनीहरुलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लोकपथलाई जानकारी दिए ।

जोशीका अनुसार पक्राउ पर्नेहरुमा घोडाघोडी(२ साडेपानीका ३६ वर्षीय वीरबहादुर बोहरा, २८ वर्षीय भुपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाईंलाई रहेका छन् ।

उनीहरू रिफ्रेस सेन्टर निर्माणको भुक्तानीको माग गर्दै नगरपालिकाको कार्यालयभित्र हतियारसहित प्रवेश गरेका थिए। पुरानो योजनाको भुक्तानी नदिएकाले कर्मचारीलाई काटमारको धम्की दिएको जोशीको भनाई रहेको छ ।

तीनै जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीमा त्रास फैलिएको थियो ।

इलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरूलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको जोशीको भनाइ रहेको छ ।

प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?