रेणुकाको उपचारमा सहयोग गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता

लोकपथ
0
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

ललितपुरको बीएण्डबी अस्पतालमा उपचारत रेणुकालाई भेटेर मन्त्री गहतराजले स्वास्थ्य उपचारमा सहयोग गर्ने आश्वासन दिएका हुन् । आसन्न साफ महिला च्याम्पियनसिप र एसियाली खेलकुदका लागि प्रशिक्षणको क्रममा सोमबार रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँच्चिएको थियो ।

मंगलबार साँझ ललितपुरको बीएण्डबी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो । एसियाली खेलकुद तयारीका क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा दुर्घटना परेकी थिईन् । यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने जनाएको थियो ।

बिहीबार बिहान अस्पतालमै पुगेर कप्तान रेणुकालाई भेट्दै खेलकुदमन्त्री गहतराजले स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?