चितवन : जिल्लामा यस शैक्षिकसत्रमा १८ वटा सामुदायिक विद्यालय समायोजन गरिएको छ ।
शिक्षा विकास समन्वय इकाइले दिएको जानकारीअनुसार माडी नगरपालिकाका १२ वटा, रत्ननगर नगरपालिका र राप्ति नगरपालिकाका तीन÷तीन वटा विद्यालय समायोजन गरिएको हो ।
इकाइका संयोजक दीपेन्द्र सुवेदीका अनुसार एउटा विद्यालयमा १५ जनाभन्दा कम विद्यार्थी रहेका र थोरै विद्यार्थी भएर आधा घण्टाको दूरीमा अर्को विद्यालय रहेका स्थानका विद्यालयहरूलार्इ गाभिएको हो।
ती विद्यालय समायोजनसँगै ४० जना शिक्षकलाई अन्य विद्यालयमा पठाइएको छ । जसका कारण अन्य विद्यालयमा भएको शिक्षकको अभाव पूर्ति गर्न सहज बनेको उनले बताए ।
हाल जिल्लामा एक लाख ३८ हजार विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७२ हजार सामुदायिक विद्यालयमा पढ्छन् । तीनसय ७७ सामुदायिकसहित ५४८ विद्यालय यहाँ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया