काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको स्थानीय तहको निर्वाचनमा फेरि विवाद देखिएको छ ।
बिहान ९ बजेबाट सुरु भएको निर्वाचनमा विवाद देखिएपछि प्रहरीले हवाइ फायर गरेको छ ।
नगरपालिकाको निर्वाचन अन्तर्गत मतदाता र दलका प्रतिनिधिहरुबीच विवाद हुँदा विवाद देखिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रकाशचन्द्र अधिकारीले लोकपथलाई जानकारी दिए ।
‘दलका प्रतिनिधिहरुले केही मतदाताहरुलाई रोकेपछि केहि विवाद भएको हो । विवाद चकिएपछि प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको थियो । उनले लोकपथसँग भने ।
त्यस्तै हाल विवाद समाधान भइ निर्वाचन सुरु भएको उनले बताए ।
‘विवाद समाधान भएसँगै अहिले मतदान कार्य सुरु भएको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया