उपत्यकामा साझाका नयाँ बिजुली बस सञ्चालन

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातले बिजुली बस सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमकाबीच साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो ।

थपिएका नयाँ बिजुली बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बासबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे–पुरानो बसपार्क–माइतिघर, तिनकुने हुदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको छ । यी विद्युतीय बस अपांगमैत्री छन् ।

साझा यातायातले अर्थतन्त्र, वातावरण तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय परिवहनमा लगानी गरेकोले साझा यातायात सरकारसँग कृतज्ञ रहेको जनाएको छ । साझा यातायातले बिजुली बसका लागि ठूलो क्षेत्रफल भएको चार्जिङ स्टेसन भएकाले बिजुली बस सञ्चालनमा सरकारले सहुलियत ऋण उपलब्ध गराउन अपेक्षासमेत गरेको छ ।

बिजुली बसमा महिला चालक र सहचालकलाई विशेष प्राथमिकता दिने समेत साझाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?