एजेन्सी : एसिया महादेशमा विश्वभरका करोडपति र अर्बपतिहरूको बसोबास रहेको छ ।
तर यहाँ असमानता पनि तीव्रगतिमा बढिरहेको छ ।
विश्वका दुई तिहाई गरिब कामदारहरूको बसोबास भएको महादेश पनि एसिया नै बन्न पुगेको छ ।
अक्सफेम अन्तर्गत सञ्चालित असमानता अभियानका प्रमुख मुस्तफा तालपुरले भने “ एसियाका अधिकांश देशमा असमानता एक खतरनाक स्तरमा पुगेको छ ।”
फोब्र्सका अनुसार मेगा रिच वा धेरै धनी व्यक्तिहरूको संख्याको तुलनामा अहिले पनि अमेरिका सबै भन्दा माथि रहेको छ ।
अमेरिकामा करिब ५८५ करोडपति छन् । चीन यो मामिलामा अमेरिका भन्दा कम छ ।
चीनमा करोडपतिहरूको संख्या ३७३ रहेको छ ।
तर एसियाका सबै देशका करोडपतिहरूको संख्यो जोडेर हेर्दा ६०० पुग्छ । यो संख्या अमेरिका भन्दा धेरै रहेको अक्सफेमले जनाएको छ ।
सन् २००८ देखि २०१२सम्म चीनको वार्षिक विकास दर ८ प्रतिशतदेखि११ प्रतिशतको बीचमा रहेको छ । अमेरिका र युरोपमा यो अवधिभर आर्थिक संकट देखियो ।
एसियाका सबैभन्दा धनी व्यक्ति मा हुआतेंग हुन् । उनलाई पोनी भनेर पनि बोलाउने गरिन्छ ।
फोब्र्सले २०१८का लागि सार्वजनिक गरेको सूचीका अनुसार पोनी विश्वका १७औं सबै भन्दा धेरै धनी व्यक्ति हुन् ।
पोनी मा चीनको ठूलो टेक्नलजि कम्पनी टेन्सेन्ट होल्डिंग्सका प्रमुख कार्यकारी हुन् ।
पोनी वी च्याटजस्ता सन्देश वाहक एपका मालिक पनि हुन् ।
उनको कुल सम्पत्ति ४ हजार ५३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ ।
फोब्र्सको शीर्ष २० धनीहरूको सूचीमा चिनियाँ टेक्नलजि कम्पनी अलिबाबाका प्रमुख ज्याक मा पनि समावेश छन् ।
उनको कुल सम्पत्ति ३ हजार ९०० करोड अमेरिकी डलर बराबर रहेको छ ।
एसियामा एकतिर धनीहरूको संख्या बढिरहेको छ भने अर्कोतर्फ असमानता पनि निरन्तर बढदै गएको देखिएको छ ।
अक्सफेमको विश्लेषण अनुसार चीनमा आर्जन गरिएको ७९ प्रतिशत सम्पत्ति एक प्रतिशत जनसंख्यासँग गएको छ ।
भारतमा पनि अर्जित ७३ प्रतिशत सम्पत्ति त्यहाँको १ प्रतिशत जनसंख्यामा गएको छ ।
सन् २०१७मा चीनको एक प्रतिशत जनसंख्यासँग ४७ प्रतिशत राष्ट्रिय सम्पत्तिको स्वामित्व छ ।
त्यसै गरी भारतमा एक प्रतिशत जनसंख्यासँग देशको ४५ प्रतिशत राष्ट्रिय सम्पत्तिको स्वामित रहेको देखियो ।
एसियामा सबैभन्दा बढी असमानता थाइल्यान्डमा रहेको छ ।यसको ९५ प्रतिशत सम्पत्तिको अधिकार एक प्रतिशत जनतासँग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया