एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)बाट क्यानाडालाई हटाउने चेतावनी दिएका छन् ।
अमेरिकाले क्यानासँग यसबारे छलफल गरेको थियो । सो छलफल बिना निष्कर्ष टुंिगएपछि राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी सार्वजनिक गरेका हुन् ।
ट्रम्पले आफ्नो ट्विटमा भनेका छन् –नयाँ नाफ्टा सम्झौतामा क्यानाडालाई राखि राख्नु कुनै राजनीतिक आवश्यकता छ्रैन् ।
दशकौंको दुव्यवहारपछि हामीले अमेरिकाका लागि कुनै न्यायपूर्ण सम्झौता गर्न सक्दैनौ भने क्यानाडा बाहिरिनेछ ।
अमेरिकी कांग्रेसले यी सम्झौताहरूमा हस्तक्षेप गर्नु हुँदैन वा मैले सामन्यरूपमा समग्र नाफ्टालाईलाई समाप्त गर्नेछु र हामी धेरै राम्रो अवस्थामा हुनेर्छौ । ”
अमेरिका र क्यानाडाबीच व्यापार वार्ता बुधबारदेखि फेरि शुरू हुन अघि ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
२५ वर्ष पुरानो यो व्यापार सम्झौतालाई पुन जीवित तुल्याउन अमेरिकालाई क्यानाडासँग सम्झौता गरी लागु गर्ने समय रहेको छ ।
अमेरिकाले यही सम्झौतामा मेक्सिकोसँग सो सम्झौतामा परिवर्तन गरी सहमति जुटाइसकेको छ ।
क्यानाडामाथि दबाब सिर्जना गर्न ट्रम्का यी ट्विटहरू सार्वजनिक भएको देखिएको छ ।
ट्रम्पले नाफ्टाको विरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया