‘एशियाड’का पदकधारी खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ले १८ औँ एशियाली खेलकुद ‘एशिययाड’का पदकधारी प्याराग्लाईडिङका खेलाडीहरुलाई नगद रुपैयाँसहित सम्मान गरेको छ । 

सोमवार नगरपरिक्रमासहित खेलकुद परिषद्ले रजत पदक विजेता पाँच खेलाडी, प्रशिक्षक तथा संघलाई सम्मान गरेको हो । खेलकुद परिषद्ले आयोजना गरेको नगरपरिक्रमा त्रिपुरेश्वर हुँदै सुन्धारा, रत्नपार्क, पुरानो बसपार्कबाट राष्ट्रिय सभा गृहमा पुगेर सम्पन्न भएको थियो ।

कार्यक्रममा खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्याराग्लाईडिङले ‘एशियाड’मा नेपालको लाज बचाएको बताए । 

‘एशियाली खेलकुदमा लगभग नेपाल पदक विहिन जस्तै बनेको थियो। मार्सल आर्टका सबै खेलले कुनै पदक ल्याउन सकेको थिएन । त्यसै बेला प्याराग्लाइडिङले २० वर्ष पछि रजत पदक जित्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । त्यसैले नेपाली खेलकुदको शिर उच्च बनाएको यो खेलको विकाश र प्रवर्धनमा सरकारले सक्दो सहयोग गर्नेछ ।’ उनले भने । 

यता,  पदक धारी खेलाडी विमल अधिकारीले ‘एशियाड’मा जितेको पदक नेपालको नाममा समर्पित भएको जानकारी दिए । ‘नेपालले प्याराग्लाइडिङको पहिलो सहभागितामा नै सफलता पाएको छ । एशियाली खेलकुदमा प्याराग्लाइडिङलाई सहभागिता गराएकोमा नेपाल ओलम्पिक कटिमलाई म हृदयदेखि नै धन्यावाद दिन्छु ।’ उनले बताए । 

खेलकुद परिषदले एशियाली खेलकुदका रजत पदक विजेता खेलाडीलाई जनही ५-५ लाख तथा मुख्य प्रशिक्षकलाई ३ लाख नगद रुपैयाँसहित सम्मान गरेको छ । तयस्तै, सहायक प्रशिक्षकलाई १ लाख ५० हजार र प्याराग्लाईडिङ संघलाई ५ लाख रुपैयाँ पनि प्रदान गरेको छ ।

खेलाडीसहितको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नगद रुपैयाँसहित सम्मान गरेका हुन् । कार्यक्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशव विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ लगायत खेलकुदसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिती  रहेको थियो । 

यहाँ पनि हेर्नुहोस्

https://lokpath.com/story/55371

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?