व्यापारी सुरज बैध एन्फाको सल्लाहकार समितिमा मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले व्यापारी सुरज बैधलाई सल्लाहकार समितीमा राखेका छन् । 

‘एन्फा’ अध्यक्ष कर्मा छिरीङ शेर्पाले निजी क्षेत्रको व्यापारीलाई पनि समितीमा सहभागि गराउने उदेश्यले बैधलाई सल्लाहाकारमा राखेको जानकारी दिए । 

‘बैध अर्गनाइजेसन अफ इन्डस्ट्रि’का प्रमुख सुरज बैध नेपाली ब्यवसायमा नाम चलेका व्यक्ति हुन् ।  फुटबललाई परिवर्तन गर्ने भन्दै अध्यक्ष कर्माको टिमले बैधलाई ‘एन्फा’मा भित्राएको बताए । 

साथै, अध्यक्ष कर्माले बैधलाई सल्लाहकारमा मनोनित भएको प्रमाणपत्र हस्तान्तरण गर्दै स्वागत पनि गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?