दाङ । राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राप्ती नदी तरेर गढवा गाउँपालिका–१ जेठान गाउँ जाने क्रममा नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाट निवासी ४२ वर्षका शंकर चौधरीको मृत्यु भएको हो ।
हँसिया, खुर्पा र फरुवामा आरन लगाउन जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक चौधरीको शव पुल मुनि पानीमा तैरिरहेकोे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतक चौधरीलाई नदीले बगाएर सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पुर्याएको थियो । स्थानीयको खबर पाए लगत्तै प्रहरी चौकी गोबरडिहा र इलाका प्रहरी कार्यालय गढवाबाट आएको प्रहरी टोलीले शव निकालेको थियो । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया