दाङ । सल्यानमा १४ वर्षिया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बालिकामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कुमाख गाउपालिका–१ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जारजरकोट भेरी नगरपालिका १२ का २२ वर्षीय रमेश भण्डारी र २० वर्षीय डिल्ली बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार असार २२ गते बुधबार राती ११ बजेको बालिकामाथि दुई जनाले जबरजस्ती करणी गरेर फरार भएका थिए ।
आरोपीत दुबैजनालाई जाजरकोट स्थित घरबाटै पक्राउ गरिएको हो । बालिका आफनो घर नजिकै रहेको आफनो ठलीआमाको घरमा सुत्न गएकी थिइन् । बालिका सुतेको अवस्थामा कोठामा गएर दुई जनाले जबरजस्ती करणी गरेका थिए ।
घटना लगतै बालिकाले हारगुहार गरेपछि परिवारले राति नै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल सल्यान र जाजरकोटको सीमानामा भएकाले ओरोपीत दुई जना भागेर जाजरकोट पुगेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया