अरिंगालले टोकेर बैतडीमा एक बालिकाको मृत्यु

बैतडी : अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो ।

स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र ९ वर्षीय जगदीश लुहार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?