निवर्तमान अर्थमन्त्री शर्मामाथि मंगलबारदेखि छानबिन सुरु हुने

लोकपथ
14
Shares

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन पक्रिया सुरु हुने भएको छ । करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपपछि पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन हुन लागेको हो ।

चौतर्फी आलोचना बढेपछि संसद बैठकमा आफनो जवाफ दिएर उनले बुधबार राजीनामा दिएका थिए । उनीमाथि प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । उक्त समितिलाई कार्य प्रारम्भ गरेको १० दिने समय दिइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । उक्त बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ ।

सहजीकरण बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकले समितिको संयोजक तय गर्नेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य थालनी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?