मोदी राहुल भन्दा ११ प्रतिशत मतले अगाडि

एजेन्सी : आगामी निर्वाचनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी निर्वाचनमा करिब ४८ प्रतिशत मत ल्याएर प्रतिपक्षी नेता राहुल गान्धीको भन्दा ११ प्रतिशत मत बढीले आगाडि हुने देखिएको छ ।

इन्डियन पोलिटिकल एक्सन कमिटी(आइप्याक)ले ५५ दिन लगाएर ७१२ जिल्लामा ५७ लाख मानिस भन्दा बढीको सहभागीतामा गरेको मत सर्वेक्षणमा मोदीले करिब ४८ प्रतिशत मत पाएका हुन् ।

राजनीतिक रणनीतिकार प्रशान्त किशोरको अनुमगनमा आयोजना गरिएको यो सर्वेक्षणले यस्तो नतिजा दिएको हो ।

यो सर्वेक्षण नेशनल एजेन्डा फोरम अन्तर्गत मनोनयमा परेका ९२३ नेताहरू मध्येबाट सहभागीहरूलाई चयन गर्न भनेर लिइएको प्रतिक्रियाको आधारमा पूरा गरिएको हो ।

कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीको भन्दा ११ प्रतिशत कम ल्याएर दोस्रो स्थानमा रहे ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ९.३ प्रतिशत मतल्याएर तेस्रो भएभने उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ७ प्रतिशत मतका साथ चौथो देखिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ४.२ र बहुजन समाजवादी पार्टीकी नेतृ मायावतीले ३.१ प्रतिशत मत पाएकी छिन् ।

यो सूचीको छनौटमा परेका अन्य नेताहरूमा उडिसाको मुख्यमन्त्री नवीन पटनायक, बिहारका मुख्यमन्त्री नितिश कुमार, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, एनसीपी नेता शरद पवारलगायत केही अन्य क्षेत्रीय राष्ट्रिय नेताहरू छन् ।

यो सर्वेक्षणबाट अक्षयकुमार , रघुराम राजन, एमएस धोनी, योगी रामदेव र पत्रकार रविश कुमार जस्ताले राजनीतिमा भाग लिनुपर्ने धारणा सार्वजनिक भएको छ ।

यसअघि किशोरले सन् २०१३मा सर्वेक्षण गरी मोदी सबैभन्दा लोकप्रिय नेता रहेको जनाएका थिए ।

मोदीको टोलीमा रहेर सन् २०१४मा काम गरेका प्रशान्तले सन् २०१५मा नितिशकुमार नेतृत्वको महागठबन्धनलाई बिहारमा सघाएका थिए ।

सन्२०१७मा कांग्रेस र समाजवादी गठबनधनका लागि गरेको कामको नतिजा राम्रो देखिएन ।

सत्तारूढ भारतीय जनता पार्टीका निकट स्रोतले किशोरले सन्२०१९मा हुने लोकसभा चुनावमा भाजपाका लागि काम गर्ने भएका छन् ।

उनलाई महात्मा गान्धीको १५०औं वर्षगाँठ मनाउने योजनाको जिम्मेवारी दिइएको छ ।

किशोर निकटकाले कुनै राजनीतिक समूहसाग कुनै औपचारिक सम्झौता भएको विषयलाई अस्वीकार गरेका छन् ।

किशोरको समूहले  आन्ध्रप्रदेशमा वाईएस जगन मोहन रेड्डी अध्यक्ष रहेको वाईएसआर सन् २०१९मा कांग्रेसको चुनाव अभियानमा जान खोजेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?