ब्लाटर र प्लाटिनीलाई ६ वर्षपछि सफाइ

लोकपथ
56
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र फ्रान्सका लेजेन्ड खेलाडी माइकल प्लाटिनीले ६ वर्षको अनुसन्धानपछि स्विस अदालतबाट सफाइ पाएका छन् ।

शुक्रबार बेलिन्जोनास्थित फेडेरल क्रिमिनल कोर्टले १७ वर्ष फिफाको अध्यक्ष रहेका ब्लाटरलाई ठगीको आरोपबाट सफाइ दिएको हो । फ्रान्स राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा व्यवस्थापक प्लाटिनी र ब्लाटर एक समय विश्वफुटबलका शक्तिशाली दिए । तर, उनीहरूले आफूविरुद्ध लागेको आरोप भने अस्वीकार गर्दै आएका थिए ।

सन् २०१५ नोभेम्बरमा दुई मिलियन स्विस ब्लाटरले प्लाटिनीलाई दिएको आरोप लगाइएको थियो । जुन घटना सन् २०११ फेब्रुअरीको थियो । यस घटनासँगै सन् २०१५ मा ब्लाटरले १७ वर्षदेखिको फिफा अध्यक्ष पद छाड्नु पर्‍यो । सन् २०१६ मा प्लाटिनी यूईएफएको अध्यक्षबाट बाहिरिए । जसलाई फिफाको भावी अध्यक्षको रुपमा लिइएको थियो ।

स्विस कोर्टमा बाहिर संचारमाध्यमसँग बोल्दै ब्लाटरले आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् । ‘म मेरो जिवनीमा निर्दोष छैन । तर, यो केसमा म निर्दोष छु’, ८६ वर्षीय ब्लाटरले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?